Skip to content

जेनजी अभियन्ता सोडारीको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमा भर्ना

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।

सोडारी ६ बुँदे माग राख्दै ९ दिनदेखि आमरण अनसनमा थिए। लगातार ९ दिनसम्म अनसन जारी रहँदा समेत सरकारले कुनै चासो नदेखाउँदा अन्ततः उनको स्वास्थ्य अवस्था नाजुक बनेको हो।

जेनजी युनाइटेडका संयोजक सुजन पौडेलले सरकारको व्यवहारलाई ‘क्रूर र मानवीय संवेदनाहीन’ भएको टिप्पणी गरेका छन्।

अस्पतालका डा. जगत विकका अनुसार सोडारीको स्वास्थ्य अवस्था अत्यन्तै सिकिस्त बन्दै गएपछि तत्काल भर्ना गर्नुपर्ने भएको हो।

सोडारीका ६ बुँदे मागहरू यस प्रकार छन्:

  1. निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने।

  2. जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ र दोषीमाथि हदैसम्मको कारबाही सुनिश्चित गरिनुपर्ने।

  3. भ्रष्टाचार अभियोग लागेका व्यक्तिहरूमा निष्पक्ष छानबिन र कडा कारबाही सुनिश्चित गरिनुपर्ने।

  4. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गरिनुपर्ने।

  5. संविधान संशोधन वा पुनःलेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने।

  6. विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने।

सोडारीको स्वास्थ्य अवस्था र सरकारको प्रतिक्रिया सँगै जेनजी आन्दोलनको मुद्दा अहिले व्यापक चर्चामा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार