काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै केसीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्रमार्फत जानकारी गराएका छन्।
पत्रमा भनिएको छ, “आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’ (बाँके)ले अन्य दलको निर्वाचन चिन्हमा उम्मेदवारी दिएकोले, निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ।”
केसी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय हुँदै आएकी थिइन्। उनी फागुन २१ को चुनावका लागि सो पार्टीबाट उम्मेदवारी दर्ता गराएकी थिइन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्