काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ अन्तर्गतको PACE क्लबले आयोजना गर्न लागेको ४८ घण्टे ह्याकाथन २०२६ का लागि दर्ता खुला गरिएको छ । +2 तथा स्नातक तहमा अध्ययनरत STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना हुन लागेको यस ह्याकाथनले नवप्रवर्तन र प्रविधिमैत्री सोचलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले वास्तविक जीवनका समस्यालाई केन्द्रमा राखेर प्रविधिमा आधारित समाधान विकास गर्ने अवसर पाउनेछन् ।
४८ घण्टासम्म चल्ने ह्याकाथनमा टोलीगत सहकार्य, सिर्जनशील सोच र समस्या समाधान क्षमताको परीक्षण गरिनेछ । ह्याकाथन अवधिभर अनुभवी मेन्टरहरूको निरन्तर मार्गदर्शन रहने भएकाले सहभागीहरूले आफ्ना नवीन विचारलाई कार्यान्वयनयोग्य प्रोटोटाइपमा रूपान्तरण गर्न सक्ने आयोजकले जनाएको छ ।
यसले विद्यार्थीहरूको प्राविधिक सीप, आत्मविश्वास र व्यावसायिक क्षमतामा थप निखार ल्याउने विश्वास गरिएको छ । PACE क्लबका अनुसार ह्याकाथन २०२६ ले युवा नवप्रवर्तकहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, नेटवर्क विस्तार गर्ने र भविष्यको करिअर विकासका लागि महत्वपूर्ण आधार तयार गर्ने अवसर प्रदान गर्नेछ । इच्छुक विद्यार्थीहरूले समयमै दर्ता गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्