Skip to content

लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप मनाइयो शहीद दिवस (सात-तस्बिर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं ।  देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । आज को दिन शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ । सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । बाँकी तस्बिरमा हेर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार