काठमाडौं । १४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच सीधा उडान पुनः सुरु भएको छ। सन् २०१२ पछि दुबई वा दोहा हुँदै यात्रा गर्नु पर्ने अवस्थामा रहेका नागरिक अब ढाका–कराची सीधा उडानबाट यात्रा गर्न सक्ने भएका छन्।
बङ्गलादेश एअरलाइन्स हप्तामा दुई दिन (बिहीवार र शनिवार) उडान सञ्चालन गर्नेछ। विमान कम्पनीका अनुसार यसले व्यापार, शिक्षा र सांस्कृतिक आदानप्रदान बढाउनेछ।
सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहपछि शेख हसिनाको शासन समाप्त भएको थियो, जसले पाकिस्तानसँगको सम्बन्ध सुधार गर्न मद्दत पुर्याएको थियो। यसअघि नोभेम्बर २०२४ मा कराँची–चटगाउँ मालवाहक पानीजहाज पुनः सञ्चालनमा आएका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्