काठमाडौँ । भारतको केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण बढ्दो क्रममा रहेकाले खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय सिरहाले स्थानीय तहहरूलाई पत्राचार गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
साथै, संक्रमण फैलिएको स्थानहरु भ्रमण गरी फर्किएका व्यक्तिहरुलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न सुझाव दिँदै समुदायमा आधारित रोग निर्देशिका २०८२ बमोजिम निगरानी गराउन जनस्वास्थ्य प्रशासक कृष्णदेव यादवले आग्रह गरेका छन् । भारतीय अधिकारीले घातक निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरेपनि यसको जोखिम भने कायमै रहेको जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्