Skip to content

महेश बस्नेतको आग्रह-‘घुमन्ते उम्मेदवारलाई विकास देखाइदिनुस्, भोट एमालेलाई दिनुस्’

कालोपाटी

२७ मिनेट अगाडि

काठमाडौं  । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर घुमन्ते उम्मेदवार पठाउने चलन फैलाएको आरोप लगाउँदै मतदातालाई सचेत हुन आग्रह गरेका छन्।

राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकमा सम्बोधन गर्दै बस्नेतले भने, “अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ। घुमन्तेलाई घुमाइदिनुस्, विकास देखाइदिनुस्, भोट नेकपा एमालेलाई दिनुस्।”

उनी रैथाने उम्मेदवारलाई नै मतदान गर्न जोड दिँदै झापा लगायत देशभरका मतदातालाई अनुरोध गरे। उनले यसै क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार