काठमाडौं । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जना प्यालेस्टिनी मारिएका छन्। स्थानीय अधिकारीहरूको जानकारीअनुसार मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन्।
हवाई आक्रमण दक्षिणी शहर खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिइरहेको पालमा भएको थियो। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मारिनेहरूमा धेरै बालबालिका र महिलाहरू रहेको जनाएको छ।
प्यालेस्टिनीहरूले यस हमलालाई चार महिनाअघि राष्ट्रपति ट्रम्पको मध्यस्थतामा भएको दोस्रो चरणको युद्धविरामपछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरेका छन्।
इजरायली सेनाले शुक्रवार हमासले सम्झौताको उल्लङ्घन गरेको दाबी गर्दै प्रतिक्रिया स्वरूप आक्रमण गरेको पुष्टि गरेको छ। गत वर्षदेखि लागू भएको युद्धविराम सम्झौता उल्लङ्घनको आरोप इजरायल र हमास दुवैले एकअर्कामाथि लगाउँदै आएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्