Skip to content

‘सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ’ : देव गुरुङ

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनका लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणापत्र ल्याउने बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको र त्यसलाई सुधार्न सुशासनलाई पहिलो एजेन्डा बनाउने बताएका छन्। उनले उत्पादनमुखी अर्थतन्त्र, आत्मनिर्भरता, सहकारी र सार्वजनिक क्षेत्रको प्रवर्द्धन, रोजगारीमुखी अर्थतन्त्र र कृषि उपजको बजार विस्तारमा जोड दिने बताए।

गुरुङले ठूला उद्योगहरूमा प्राथमिकता दिँदै गेम चेन्जर परियोजना लागू गर्ने र सामाजिक सेवाको गुणस्तरीयता सुनिश्चित गर्ने कुरा पनि घोषणापत्रमा हुने बताएका छन्। साथै, समावेशी र वातावरणमैत्री अर्थतन्त्र, डिजिटल अर्थतन्त्रको विकास र कार्यान्वयनमुखी कार्यक्रम समावेश हुने उनले बताए।

गुरुङले विश्व अर्थतन्त्र युद्ध अर्थतन्त्रतर्फ अघि बढिरहेको र नेपालको स्थिति त्यसबाट प्रभावित भएको उल्लेख गर्दै, “युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषणापत्र ल्याउँछौं,” भने।

उनले वर्तमानमा संविधान पूर्ण रूपमा कार्यान्वयन नभएको, जेनजीको नाममा निर्दलीय सरकार रहेको र निर्वाचनको निष्पक्षतामा शंका रहेको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार