काठमाडौँ । इजरायली सेनाको आक्रमणमा गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ। गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिस क्षेत्रमा व्यापक आक्रमण सुरु गरेको थियो।
खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा २ महिला र १ प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
त्यस्तै गाजा शहरको पूर्वी भेगको जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको मृत्यु भएको छ। आक्रमणमा कैयौँ मानिस घाइते भएका छन्।
यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको थियो। हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लंघन भएको भन्दै आलोचना गरेको छ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार सन् २०२५ अक्टोबर १० मा लागू भएको युद्धविरामयता इजरायली आक्रमणमा परि ५५६ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्