काठमाडौँ । झापामा एक व्यक्तिको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१० सत्रविघेमा बिहीबार बेलुका खेम ढकाल हत्या भएको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गर्दा एक समूहले ढकाललाई सिरिञ्ज प्रयोग गरी आक्रमण गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार स्थानीय गाउँलेहरूको प्रतिकारपछि उक्त समूह फरार भएको थियो । आक्रमणमा गम्भीर घाइते बनेपछि ढकाललाई स्थानीयले उपचारका लागि ओमसाइ अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो । हत्याका कारण नखुलेको खड्काले बताउनुभयो ।
स्थानीयको सहयोगमा घटनामा संलग्नता रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको खड्काले जनाउनुभयो । पक्राउ परेका ब्याक्ति एमबिबिएस पढ्दै गरेका विद्यार्थी रहेको जनाइएकोछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्