काठमाडौं । काठमाडौंको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल मध्ये एक गहना पोखरीको अहिले धमाधम पुनर्निर्माण चलिरहेको छ। सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको छ।
क्षमा पूजा गरी काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रको संरचनाको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। करिब ५२ देखि ५५ लाख खर्च गरेर यस पोखरीलाई पुरानै शैलीमा निर्माण गरिनेछ ।
साथै फुटपाथ अलि ठूलो बनाउने, फाल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउने सहितका पर्यटक सहायताका केन्द्र स्थापना लगायतका काम भइरहेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्