काठमाडौँ । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’मा बिहीबार अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु–भाइसमेत रहेका छन्।
प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको डायनामाइटका कारण विस्फोट भएको थियो, जसले विषाक्त ग्यास फैलाएको र सुरुङहरू भत्काएको छ। अहिलेसम्म १८ शव निकालिएको र ८ जना घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार खानीभित्र अझै ३०–४० जना कामदार फसेको हुनसक्ने आशंका छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु आर्थिक सहायता दिने घोषणा गरेका छन्। त्यस्तै, मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने जनाएको छ।
मेघालयमा ‘रेट-होल’ खानी सन् २०१४ देखि प्रतिबन्धित भए पनि उच्च ज्यालाका कारण धेरै श्रमिक जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेका छन्। यी श्रमिकहरूमा नेपाली र आसामी नागरिक पनि रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्