काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने स्टन्ट र लोकप्रियतावादले राजनीतिक परिवर्तन नआउने बताएका छन् । उनले नयाँको नाममा केवल सामाजिक सञ्जालमा फन्डा गरेर केही नहुने स्पष्ट पारे ।
सोमबार काठमाडौं–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विश्व साम्राज्यवादले लोकप्रियतावादको माध्यमबाट विभिन्न देशमा लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको आरोप लगाए । नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति दोहोर्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।
“सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग कुनै ठोस योजना र एजेन्डा छैन,” उनले भने, “विश्व साम्राज्यवादले पपुलिजममार्फत लोकतन्त्रमाथि आक्रमण गरिरहेको छ । नेपालमा पनि लोकतन्त्रविरुद्ध भूराजनीतिक चलखेल भइरहेको छ ।”
उनले यस्तो अवस्थाको प्रतिवाद गर्न नयाँ संकल्प, गम्भीर समीक्षा र राष्ट्र तथा जनताको पक्षमा उभिने राजनीतिक शक्ति आवश्यक रहेको बताए । त्यही उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको उनको दाबी थियो ।
प्रचण्डले गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता एजेन्डा आज पनि नयाँ र सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले नै गरेको जिकिर गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्