Skip to content

काठमाडौंमा पनि लगाउन थालियो एचपिभी खोप (सात तस्बिर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउन सुरू गरिएको छ । आइतबारदेखि औपचारिक रूपमा अभियान सुरू भएको भए पनि आजबाट काठमाडौंका महानगरहरूमा लगाउन सुरू गरिएको हो । खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइँदैछ । कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप लगाइरहेका छन् ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरुलाई यसपटक खोप लगाइँदै छ । यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार