काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आर्थिक सुधार, सुशासन र रोजगारीलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो ।
पार्टीले आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने लक्ष्य लिएको छ । साथै, सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षे समयसीमासहित ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा आयात–उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर र समावेशी मोडलतर्फ रूपान्तरण गर्ने नीति अघि सारिएको छ । शिक्षा, स्वास्थ्य, उद्यमशीलता, सामाजिक न्याय र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्दै नयाँ चरणको आर्थिक सुधारमार्फत समृद्ध नेपाल निर्माण गर्ने नेकपाको दाबी छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्