काठमाडौँ । रुसी विज्ञान दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित विशेष समारोहमा ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका छन्।
३५ वर्षमुनिका युवा वैज्ञानिकहरूलाई दिइने यस पुरस्कारले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा योगदान पुर्याएका नवप्रवर्तनकर्ताहरूलाई सम्मान गर्छ।
यस वर्ष अलेक्जेन्डर निकिन र पाभेल मोसेयेभले सुरक्षित आणविक ब्याट्री बनाएका छन्, दिमित्री बुटिल्स्कीले पानीबाट लिथियम निकाल्ने प्रविधि विकास गरे, आर्ट्योम इसायेभले चिकित्सा क्षेत्रमा नयाँ भाइरस अनुसन्धान गरेका छन्, र भिक्टोरिया वेद्युश्किनाको टोलीले लेजर, एआई तथा क्वान्टम प्रविधिमा सहयोग पुर्याउने गणितीय विधिहरू तयार पारेको छ।
पुटिनले पुरस्कार वितरण गर्दै यी आविष्कारहरूले रूसलाई प्रविधिमा स्वतन्त्र नेतृत्व गर्ने क्षमता दिने बताए। प्रत्येक विजेताले ५० लाख रुबल प्राप्त गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्