Skip to content

आयल निगमले नै बाँड्न थाल्यो ग्यास (सात तस्बिर)

कालोपाटी

१२ मिनेट अगाडि

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ । डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।

निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् । बिहान १० बजे देखि ४बजे सम्म बिक्रि वितरण हुने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार