Skip to content

प्रतिनिधिसभा निर्वाचनका लागि ७७ जिल्लामै ७०० पर्यवेक्षक परिचालन

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ को निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन पर्यवेक्षण समिति नेपाल ले देशभर ७७ जिल्लामा ७०० पर्यवेक्षक परिचालन गरेको छ।

समितिले निर्वाचन आचारसंहिता पालनाको सूक्ष्म अध्ययनका लागि दक्ष पर्यवेक्षकहरूलाई खटाएको छ, जसमा ४० जना दीर्घकालीन पर्यवेक्षक पनि छन्। उनीहरूले निर्वाचन प्रचार–प्रसारमा हुने खर्च, आचारसंहिता पालना र सम्पूर्ण निर्वाचन प्रक्रिया निगरानी गर्नेछन्।

निर्वाचन ऐन, कानुन र आचारसंहिता पालनाको अवस्थाबारे गहिरो अध्ययन गर्न माघ २४–२५ गते दुई दिने विशेष प्रशिक्षण सम्पन्न गराइ कार्यक्षेत्रमा पठाइएको थियो।

समितिका अध्यक्ष श्रीकृष्ण सुवेदी ले जारी विज्ञप्तिमा निर्वाचनलाई कानुनसम्मत, शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सबै सरोकारवाला पक्षबाट सकारात्मक योगदानको अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार