Skip to content

टुँडिखेलमा अमेरिकी सेनाकाे परेडप्रति माओवादीकाे आपत्ति, सरकारसँग जवाफ माग

कालोपाटी

१६ घण्टा अगाडि

काठमाडौं । नेकपा (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा टुँडिखेलमा अमेरिकी सेनाले खेलेको परेडप्रति आपत्ति जनाएको छ।

महासचिव नेत्रविक्रम चन्द विप्लव ले विज्ञप्ति जारी गर्दै, राजनीतिक दल र जनताको जानकारीबिना सैन्य परेड आयोजना गर्नु राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर खेलबाड भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ,
“अमेरिकी हस्तक्षेप बारे विवाद चलिरहेकै अवस्थामा यसरी रहस्यमय तरिकाले सैन्य परेड खेलाउनु र खेलाउनु घातक कार्य हो। हामी दुवै पक्षको घोर भर्त्सना गर्दछौँ।”

माओवादीले सरकारसँग यस घटनाबारे यथाशीघ्र धारणा सार्वजनिक गर्न माग गरेको छ। साथै देशको स्वाधीनता खतरामा परेको भन्दै आवश्यकता अनुसार प्रतिरोधका लागि तयार रहन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार