Skip to content

‘रुकुमपूर्वबाट चीनको सीमासम्म पिच सडक बनाउने सपना छ’ : प्रचण्ड

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्वलाई चीनको सीमासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन्।

पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा प्रचण्डले भने, दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरताराबाट चीनको सीमासम्म जोडेर पिच गर्ने योजना रहेको छ। यस मार्गपछि मैकोटलगायत क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनले अनुमान गरे।

उक्त मार्ग सशस्त्र द्वन्द्वमा मारिएकाहरूको सम्झनामा सुरु गरिएको हो। प्रचण्डले भने,
“जनयुद्धकै बेलामा शहीदहरूको नाममा दक्षिणदेखि उत्तरसम्म जाने मार्ग बनाउन प्रस्ताव गरेको थिएँ। पार्टीबाट निर्णय भयो, जनतालाई आह्वान गरियो र स्वेच्छिक रूपमा मार्ग खन्न सुरु भयो। शान्ति सम्झौता पछि मार्गलाई राज्यको बनाइयो। अब यसलाई पिच गरेर मैकोटलगायत ठाउँमा सहरताराजस्तो पहुँच दिने र क्षेत्रलाई पर्यटकीय केन्द्रमा विकास गर्ने मेरो सपना हो।”

प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा मध्यपहाडी लोकमार्गको प्रस्ताव राखेको र त्यसका लागि बजेट छुट्याइएको पनि स्मरण गराए।

उहाँको टोली गाउँपालिकाको केन्द्र तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे, डिम्मुर गहिरा, मयाङ, हुकाम हुँदै मैकोट पुगेको छ। आगामी दिनमा टोली कोल, गोलखाडा, राङ्सी, नाखाँ, जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार