Skip to content

‘राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइन्छ, एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो’ : ओली

कालोपाटी

१२ घण्टा अगाडि

काठमाडौं । केपी शर्मा ओली ले राम्रो काम सुरु गर्नासाथ सरकार ढालिने प्रवृत्ति रहेको भन्दै एक कार्यकाल पूरा गर्न आफूले चार पटक प्रधानमन्त्री बन्नुपरेको बताएका छन्।

चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा मतदातासँग संवाद गर्दै उनले विकासका काम अघि बढाउन खोज्दा पटक–पटक सरकार भत्काइएको जिकिर गरे।

“रेल सेवा पुनः सञ्चालन गर्ने र पानीजहाजमार्फत सम्बन्ध विस्तार गर्ने योजना अघि बढाइरहेका बेला सरकार ढालियो। फेरि काम सुरु गर्दा पुनः सरकार भत्काइयो। यसरी एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्‍यो,” उनले भने।

ओलीले देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा विभिन्न शक्तिहरूले अवरोध सिर्जना गरिरहेको आरोप पनि लगाए।

भ्यु टावरको विषयमा उठेका आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले उक्त संरचना केवल अवलोकन टावर नभई बिजनेस कम्प्लेक्स भएको बताए। “यसलाई आइटी उद्योग र लगानी भित्र्याउने उद्देश्यसहित आइटी हबका रूपमा विकास गर्ने सोचका साथ अघि बढाइएको हो,” उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार