Skip to content

‘मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिन्छन्’ : रवि लामिछाने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने ले चितवन–१ को चुनावी सभामा आफूलाई घेराबन्दी गरेर सखाप पार्न खोजिएको भए पनि सफल नभएको स्मरण गराउँदै भने, मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा सोध्ने घटनाको जवाफ २१ फागुनको चुनावमा जनताले दिनेछन्।

उनले भने, “हामीलाई सखाप पार्न खोजिएको थियो। मध्यरातमा ‘तेरो अन्तिम इच्छा के होरु’ भनेर सोधियो। तर मेरो अन्तिम इच्छा के हो भन्ने कुरा जनताले २१ गते निर्णय गर्नेछन्। अब क्रान्ति हुन्छ, यो केवल मतदान मात्र होइन, ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका हिसाब लिनुपर्ने छ।”

लामिछानेले आफूमाथि जिल्लै पिच्छे हालेका मुद्दा कानुनी रूपमा लड्ने बताए भने, देशभरका अन्याय र विभेदको हिसाब यसपटक जनताले दिने विश्वास व्यक्त गरे। उनले चितवनलाई “इतिहास रच्ने भूमि” भन्दै चुनावी आत्मविश्वास देखाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार