Skip to content

इस्तानबुलबाट आएको टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौं । काठमाडौं आएको टर्किस जहाज अवतरणमा समस्या देखिएको छ । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार टर्किसको उडान नम्बर टीके ७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको हो । समस्या देखिएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ ।
उक्त जहाज बुधबार बिहान १०:५६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तालिका थियो । ‘जहाजमा प्राविधिक समस्या देखियो । अवतरण गर्न नै समस्या आयो । बंगलादेशको ढाका डाइभर्ट गरिएको छ’, उनले भने । अन्य उडानमा भने कुनै समस्या नरहेको पौड्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार