Skip to content

भव्य रूपमा मनाइयो ७६औँ प्रजातन्त्र दिवस (सात तस्विर)

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौं । आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस नेपाल सरकारले टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

विसं. २००७ सालमा भएको क्रान्ति पछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । टुँडिखेलमा आयोजित सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री शुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार