काठमाण्डौ । सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ गतेसम्म घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको हो । गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरणसम्बन्धी कार्यमा लामो समय लागेकाले अब अन्तिम मौका दिएको जनाएको छ ।
अब यो अवधिभित्र विधिवत् प्राप्त हुन आएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको उपचार भएकाको नामावली स्वास्थ्य मन्त्रालयको इमेल ठेगानामा १५ गतेभित्र पठाउन निर्देशन दिएको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्