काठमाडौँ । इरानका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गरेका छन्। गत महिनाको दमनपछिको यो पहिलो ठूलो विरोध प्रदर्शन हो। तेहरानस्थित हरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा सयौँ विद्यार्थीले मार्च गरेका थिए भने शान्तिपूर्ण धर्नामा बसेको तस्बिर शहिद बेहेष्टी विश्वविद्यालयमा सार्वजनिक भएको छ।
प्रदर्शनकारीहरूले ‘तानाशाहको मृत्यु होस्’ जस्ता नाराहरू लगाएका थिए र इरानी झण्डा बोकेर सडकमा उत्रिएका थिए। विद्यार्थीहरूले जनवरीमा मारिएका हजारौं व्यक्तिको सम्झनामा विरोध जनाएका हुन्।
उता, अमेरिका–इरान तनाव बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि सीमित सैन्य कारबाहीको सम्भावना विचार गरिरहेको बताएका छन्। युरोपेली देशहरूले पनि इरानको परमाणु कार्यक्रमप्रति चिन्ता व्यक्त गरिरहेका छन्।
विश्लेषकहरूले विश्वविद्यालयमा देखिएको विरोध लहरलाई इरानी राजनीतिक परिस्थितिको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्