काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने भन्दै उनले निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता नदिने बताए । ओलीले भने, ‘त्यस्ता गतिविधि तत्काल रोकिनु पर्छ ।
रोकिनेमा शंका छ ।’ मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनको तर्क छ । चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने दाबी गर्दै उनले देशमा आइपरेका समस्याको समाधान निकाल्ने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्