Skip to content

हल्लासँगै पेट्रोल पम्पमा भीड : राजधानीमा इन्धन त्रास (सात तस्विर)

कालोपाटी

७ महिना अगाडि

काठमाडौं । पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएसँगै राजधानीमा सर्वसाधारणको भीड पेट्रोल पम्पमा देखिएको छ।

आइतबार दिउँसोदेखि इन्धन अभाव हुन सक्ने चर्चा सामाजिक सञ्जालमा फैलिन थालेपछि काठमाडौँको भद्रकाली नेपाल आर्मी पेट्रोल पम्प र नक्साल नेपाल प्रहरी पेट्रोल पम्प मा सवारीसाधनको लामो लाइन लागेको हो। मोटरसाइकल, कार र ट्याक्सी चालकहरू इन्धन भर्न हतारिँदा केही स्थानमा ट्राफिक व्यवस्थापनसमेत प्रभावित भएको देखिएको छ।

स्थानीयका अनुसार सामान्य दिनको तुलनामा अत्यधिक भीड बढेपछि पम्प परिसर वरपर सवारी चाप बढेको थियो। तर सम्बन्धित निकायहरूले इन्धन आपूर्ति नियमित रहेको जनाउँदै अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

इन्धन आपूर्तिमा कुनै समस्या नरहेको बताइए पनि हल्लाकै भरमा सर्वसाधारण आत्तिँदा राजधानीका केही पेट्रोल पम्पमा अस्वाभाविक भीड देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार