Skip to content

प्रचण्डले चितवनमा गरे मतदान

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् ।

उनले आफैंलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गरेकै ठाउँबाट मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्