Skip to content

‘फागुन २१ मेरो पुनर्जीवनको दिन हो’ :अध्यक्ष ओली

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि विशेष र अविस्मरणीय दिन भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले फागुन २१ आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग जोडिएको दिन भएको उल्लेख गरेका हुन्।

ओलीले लेखेका छन्, “आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो। आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।” उनले यी दुवै घटनालाई आफूले मृत्युको मुखबाट फर्केर पुनर्जीवन पाएको दिनका रूपमा स्मरण गरेका छन्।

झापा आन्दोलनको प्रसंग उल्लेख गर्दै ओलीले निरंकुश व्यवस्थाविरुद्धको संघर्षका क्रममा आफू जेल परेको र सहयोद्धाहरूलाई सुखानीको जंगलमा हत्या गरिएको स्मरण गरेका छन्। उनले शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

ओलीले फागुन २१ आफ्नो जीवनमा कहिल्यै नबिर्सने दिन रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार