Skip to content

झापा-५ मा शान्तिपूर्ण मतदान, ४ बजेसम्म ९९ हजारभन्दा बढी मत खस्यो (सात तस्विर)

कालोपाटी

४२ मिनेट अगाडि

काठमाडौं । झापा–५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइरहेको छ।

निर्वाचन अधिकृतका अनुसार दिउँसो ४ बजेसम्म उक्त निर्वाचन क्षेत्रमा ९९ हजार ८१९ मत खसेको छ। जसमध्ये महिला मतदाता ५३ हजार ६५६ र पुरुष मतदाता ४६ हजार १६३ रहेका छन्।

मतदान बिहानदेखि नै उत्साहजनक रूपमा सुरु भएको थियो। विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरेका छन्।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार