Skip to content

रूपन्देही-२को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि, विष्णु पौडेल पछि

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । रुपन्देही–२को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ ।

रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन् भने एमालेका बिष्णु पौडेलले पौडेलले ८ सय ४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५ सय ४ मत सहित तेस्रो स्थानमा छन् ।

बुटवल उपमहानगरपालिका–१ मा गणना गरिएको १ हजार ८ सय ६५ मतमध्ये खरेलले १ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । सोही वडामा एमालेका पौडेलले २ सय ४५ मत पाएका छन् भने कांग्रेसका चुन्नप्रसादले १ सय ९९ मत प्राप्त गरेका छन् । नेकपाका विश्वदीप पाण्डेले यहाँ ८ मत पाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर–२मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।त्यस्तै तिलोत्तमा नगरपालिका–१को गणनामा पनि खरेलले अग्रता कायम राखेका छन् । यो वडाबाट उनले २ हजार ७ सय ८१ मत प्राप्त गरेका छन् । त्यहाँ एमालेका विष्णु पौडेलले ६ सय ९ मत पाएका छन् भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।यो क्षेत्रमा २३ वटामध्ये २ वटामा गणना सकिएको छ । सैनामैना–१को मत गणना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्