Skip to content

चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा हालसम्म नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार तेह्रथुम–१मा एमालेका भानुभक्त ढकाल १ हजार २६२ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै स्याङ्जा–१मा मिनप्रसाद गुरुङ १ हजार ९६०, रूपन्देही–४मा प्रमोदकुमार यादव २ हजार ६९८ र बाँके–२मा मोहम्मद इश्तियाक राई १ हजार ४८५ मतसहित अग्रता बनाइरहेका छन्।

हाल देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार