काठमाडौँ । इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् ।
यात्रुका लागि बनाइएका विश्रामस्थलहरु अस्थायी आश्रयमा परिणत गरिरहेका छन् । किनकि साइरनहरूले क्षेप्यास्त्र आक्रमणको चेतावनी दिने गरेको छ ।
तेल अभिभको सबैभन्दा ठूलो लाइट रेल स्टेशनहरू मध्ये एक, जुन सामान्यतया यात्रुहरूले भरिने गर्दथ्यो । तर अब उक्त स्थान सुरक्षा खोज्ने नागरिकहरूको लागि अस्थायी आश्रयमा परिणत भएको छ।
क्षेप्यास्त्रको त्रासका कारण स्थानीय बासिन्दाहरूले तेल अभिभको भूमिगत स्टेशनहरू प्रयोगमा ल्याएका हुन् । क्षेप्यास्त्रहरूको चेतावनीसहितको साइरन बज्दा बारम्बार आश्रयस्थलहरूमा दौडनुको सट्टा रेल स्टेशनहरू रोजाइमा परेको हो ।
इजरायली सेनाले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट भएको क्षेप्यास्त्र आक्रमणलाई रोक्न काम गरिरहेको घोषणा गरेसँगै बिहीबार बिहान सबेरै तेल अभिभमा साइरन र ठूलो विस्फोटको आवाज सुनिएको थियो।
फेब्रुअरी २८ देखि तेहरान र अन्य धेरै इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, उनका परिवारका केही सदस्यहरू, शीर्ष सैन्य कमाण्डरहरू र सर्वसाधारणहरू मारिएका छन्।
इरानले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरी धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू मार्फत प्रतिक्रिया दिएको थियो
कालोपाटी
४ घण्टा अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्