Skip to content

चितवन-३मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । चितवन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।

१९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् ।

५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् ।

नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्