Skip to content

रुकुम पूर्वमा प्रचण्डको जित निश्चित

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ। प्रचण्ड ८ हजार ७४७ मतसहित अगाडि छन्।

उनको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ ल्याएर दोस्रो स्थानमा छन्। उनीहरूबीचको मतान्तर ५ हजार ७२९ रहेको छ। अब त्यहाँ ३ हजार ३६५ मत मात्रै गन्न बाँकी छ।

हिजो भएको प्रतिनिधि सभाको चुनावमा १९ हजार १८८ मत खसेको थियो। अहिलेसम्म १५ हजार ८२३ मत गनिसकिएको छ।

तेस्रो स्थानमा रहेका कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, रास्वपाको लखन कुमार थापाले ७१२ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार