Skip to content

२६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा १९, कांग्रेस ४, नेकपा २ र एमाले १ ठाउँमा विजयी

कालोपाटी

३ घण्टा अगाडि

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म २६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १९ क्षेत्रमा विजयी भएको छ ।

नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ क्षेत्र जितेको छ । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ९९, कांग्रेस ९, एमाले १२, नेकपा ११, श्रम संस्कृति पार्टी ३, राप्रपा १ र स्वतन्त्र उम्मेदवार १ क्षेत्रमा अगाडि छन् ।

रास्वपा
१. प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६ सय २४ मत ल्याउनुभयो ।
२.धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउनुभयो ।
३. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याउनुभयो ।
४. खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याउनुभयो ।
५. कन्हैया बनिया– रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।
६‍. रुविना आचार्य– मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा। शेखर कोइराला पराजित हुनुभएको छ । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याउनुभएको छ ।
७. डीपी अर्याल– काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याउनुभयो ।
८.मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित हुनुभएको छ । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याउनुभयो ।
९. सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित हुनुभयो । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याउनुभयो ।
१०.बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित हुनभयो । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याउनुभयो ।
११.प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित हुनुभएको छ । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याउनुभयो ।
१२ .उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित हुनुभयो । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याउनुभयो ।
१३. सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित हुनुभयो । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मतल्याउनुभयो ।
१४. पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित हुनुभयो । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।
१५. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको छ ।
१६. राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभयो । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याउनुभयो ।
१७. विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ रउहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सुमन सायमीले ३ हजार २१७ मत ल्याउनुभयो ।
१८. शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।
१९. रञ्जु न्यौपाने (दर्शना)– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो ।

कांग्रेस
१.दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयीहुनुभएको छ । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो ।
२. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याउनुभयो ।
३. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।
४. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ ९सुवेदी०ले ४५४ मत ल्याउनुभयो ।

नेकपा
१. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याउनुभयो ।
२. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । उहाँले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो ।

एमाले

१.बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार