Skip to content

३१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक :रास्वपा २२, कांग्रेस ५, नेकपा २, एमाले १ र स्वतन्त्र उम्मेदवार १ ठाउँमा विजयी

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म ३० वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २२ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ९४, कांग्रेस १०, एमाले १२, नेकपा ११, श्रम संस्कृति पार्टी ४ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।

रास्वपा

१. रवि लामिछाने – चितवन क्षेत्र नम्बर -२ बाट तेस्रोपटक विजयी भएका हुनुभएको छ । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याउनुभयो ।

२. रुकेश रन्जित – भक्तपुर -१ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभयो ।

३.सुनिल केसी – काठमाण्डौ -२ बाट ३४ हजार २३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याउनुभयो ।

४. प्रमोद कुमार महतो – महोत्तरी -१ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याउनुभयो ।

५. धनञ्जय रेग्मी – स्याङ्जा -१ बाट २९ हजार ७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउनुभयो ।

६. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याउनुभयो ।
७. खगेन्द्र सुनार – बाँके -३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याउनुभयो ।

८. कन्हैया बनिया– रुपन्देही -४ बाट २८ हजार ६६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।

९. रुविना आचार्य– मोरङ -६मा विजयी हुँदा कांग्रेसका डा। शेखर कोइराला पराजित हुनुभएको छ । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याउनुभएको छ ।

१०. डीपी अर्याल– काठमाण्डौ -९मा ३५ हजार ९३ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याउनुभयो ।

११. मनिष झा– धनुषा -३मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित हुनुभएको छ । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याउनुभयो ।

१२. सन्तोष राजवंशी– मोरङ -४मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित हुनुभयो । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याउनुभयो ।

१३. बिना गुरुङ – कास्की -३मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित हुनभयो । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याउनुभयो ।

१४.प्रदीप बिष्ट – काठमाण्डौ -१०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित हुनुभएको छ । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याउनुभयो ।

१५. उत्तम प्रसाद पौडेल – कास्की-२मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित हुनुभयो । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याउनुभयो ।

१६. सस्मित पोखरेल – काठमाण्डौ -५मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित हुनुभयो । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मतल्याउनुभयो ।

१७. पुकार बम – काठमाण्डौ -४मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित हुनुभयो । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।

१८. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको छ ।

१९. राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभयो । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याउनुभयो ।

२०. विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ रउहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याउनुभयो ।

२१. शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।

२२. रञ्जु न्यौपाने (दर्शना)– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो ।

कांग्रेस
१. तेह्रथुम बाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याउनुभयो ।
२. दैलेख -१मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो ।
३. रसुवा -१मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याउनुभयो ।
४. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।
५.मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ ९सुवेदी०ले ४५४ मत ल्याउनुभयो ।

नेकपा१.कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याउनुभयो ।
२. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । उहाँले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो ।

एमाले

१. बाँके -२ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याउनुभयो ।

स्वतन्त्र

१. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार