Skip to content

इलाम-२मा एमालेका सुहाङ नेम्वाङको अग्रता, श्रम संस्कृति पार्टीका सुदिप राई दोस्रो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ। इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं -२मा भएको निर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम गरेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सुहाङले ९ हजार ३ सय ८८ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याउँदै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राई ७ हजार ७ सय ४२ मतका साथ दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ५ हजार २० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल बहादुर राईले २ हजार ३ सय ४० मत प्राप्त गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङले ६७८ मत पाएका छन् ।

मतगणनाको विवरण अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत न्यून देखिएको छ। निर्वाचन आयोगको फाराम अनुसार हालसम्म कुल २८,२६५ मत गणना भइसकेको छ। जसमध्ये २६,५९३ मत सदर भएको छ भने १,६७२ मत बदर भएको छ। मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार