Skip to content

चैत्य धान रोप्न व्यस्त सप्तरीका किसानहरु (सात तस्विर)

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन भर्खर सकिएको छ भने देशबाट मत परिणाम पनि सार्वजनिक भइसकेको छ,  भोट मागेर जितेकाहरु संसद भवन पस्न लाग्दा भोटदाता किसानहरु पनि अबको सरकारले किसानको लागि समयमा मलखाद, सिँचाइ, विद्युत लगायत सामान्य मागको आश राख्दै चैत्य धान रोप्न खेततिर पसेका छ्न् ।
यतिबेला  सप्तरीको किसानहरु चैते धान  रोपाइँका लागि आफ्नो खेत तिर लागि सकेका छन् । चैत्य धान फागुन महिनामा बिउ छर्ने, चैतको सुरूमा रोप्ने र जेठ १५ देखि भित्राउन सुरु गरिन्छ । ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भएपनि मङ्सिरमा उत्पादन हुने धान भन्दा दोब्बर उत्पादन हुँदै आएको सप्तरीको किसानहरूको भनाइ छ ।
चैत्य धान छोटो समयमा दोनब्बर  उत्पादन भएपनि खर्चिलो भएको स्थानीय किसानले जानकारी दिए । बिउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नुभन्दा महँगो सिँचाइमा लाग्ने गरेको उनीहरूले बताए । बिजुलीले बोरिङबाट सिँचाइ गर्यो भने कट्ठाको दुई सय र डिजल माध्यमले सिँचाइ गर्यो भने तीन सय लाग्ने उनीहरूले बताए ।
सुख्खा समय भएकोले ४ दिनको फरकमा सिँचाइ गर्नु पर्ने हुन्छ । जसको कारण पनि खर्च धेरै लाग्ने गरेको छ । किसानलाई सिँचाइको व्यवस्था राम्रो हुन पर्ने र निःशुल्क व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।
सप्तरीको १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपलिका तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बाेदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका सहितका स्थानमा यसपालि जिल्लामा २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै हुने गरेको देखिन्छ । धान फोटोजेनिक बाली हो । घाम धेरै लाग्दा धान उत्पादन धेरै हुन्छ । वर्षामा भन्दा हिउँदमा चैते धान धेरै फल्नु मुख्य कारण पनि यहि हो । नेपालमा चैते धान खेती विस्तार गर्न सके  धानको उत्पादन पनि बढ्ने देखिन्छ | तर धेरै चैते धान हुने स्थानमा सिंचाइको अभाव देखिन्छ ।नेपालमा चैते धान १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती हुँदा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको देखिन्छ । जुन ४.९८ टन प्रतिहेक्टर हुन्छ ।तर, असारे धान १३ लाख ३९ हजार १ सय ८२ हेक्टरमा खेती हुँदा ४९ लाख ४६ हजार १ सय ४१ टन अर्थात् ३.७४ टन प्रतिहेक्टर मात्रै हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार