काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् ।
सोमबार आफ्नो क्षेत्रको मतदाताहरुसँग भेटघाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताए । मत र विश्वासको कदर देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने उनले प्रतिबद्धता जनाए ।
उनले भने,‘जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनु भएको छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनैपनि हालतमा असफल हुने छुट छैन् । तर म के विश्वास दिलाउन चाहन्छु भने तपाईले दिनुभएको मत वा अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने छौं ।’
रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको.बताए ।
संसदमा रास्वपाको उल्लेखनीय संख्या भएकाले पूराना काम नलाग्ने कानुन खारेज गर्ने र नयाँ कानुन आवश्यकता अनुसार बनाउन कसैले रोक्न नसक्ने दाबी गरे ।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्