Skip to content

‘हामी मरेका होइनौँ, ढलेका मात्र हौँ’ : योगेश भट्टराई

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आएको पार्टीको लज्जास्पद नतिजालाई लिएर आफूहरू ‘मरेको नभई ढलेको मात्र’ भएको बताएका छन् ।

उपमहासचिव भट्टराईले सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नुपर्ने बताएका छन् ।

‘त्यसमा पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ’, भट्टराईले नेतृत्वलाई प्रश्न गर्दै भनेका छन्, ‘यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेताकै रहन्छ । सफलता वा असफलता पछिको जबाफदेहिताको कार्यान्वयन कसरी हुन्छ रु’ साथै उनले पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसबारे गम्भीर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

भट्टराईले सात बुँदामा लेखेका छन्, ‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ । ’

संयम र धैर्यताका साथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिँड्न भट्टराईले एमालेजनलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार