काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन् । साथै उनले सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक भएको जनाएका छन् ।
‘साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन्,‘अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैनस यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ।गम्भीर बनौँ, सजग बनौँ ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्