Skip to content

इनिशा बिकका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन, आयोगतर्फ मार्च (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा इनिशा बिकलाई न्याय दिलाउन माग गर्दै दलित अधिकारकर्मी, महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरू भेला भएका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘इनिशा बिकलाई न्याय देऊ’, ‘दण्डहीनता अन्त्य गर’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई दबाब दिएका छन्।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू अहिले राष्ट्रिय मानव अधिकार आयोगतर्फ मार्च गरिरहेका छन्। उनीहरूले आयोगमा ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिन र न्यायका लागि पहल गर्न आग्रह गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार