काठमाडौं ।जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विभिन्न युवा संगठनहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
सोमबार जेन-जी मुभमेन्ट अलाइन्स, नेपाल जेन-जी फ्रन्ट र जेन-जी सिभिक फोरम का प्रतिनिधि तथा समर्थकहरू माइतीघरमा भेला भई प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनकारीहरूले आयोगले तयार पारेको प्रतिवेदन जनतासामु ल्याउनुपर्ने र त्यसमा उल्लेख भएका विषयहरू पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
उनीहरूले आन्दोलनसँग सम्बन्धित सत्यतथ्य बाहिर ल्याउन प्रतिवेदन सार्वजनिक हुनु आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई ढिलाइ नगर्न आग्रह गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड र नारासहित प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका थिए।
जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे अध्ययन तथा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्