Skip to content

नवनिर्वाचित सांसदहरूको शपथग्रहण हल अन्तिम चरणमा, चैत १२ मा नवनिर्वाचित सांसदको शपथग्रहण (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो। शपथ कार्यक्रमका लागि हलमा माइक र बत्ती जडान लगायतका काम धमाधम भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा पुरानो संसद् भवनमा आगलागी भएपछि वैकल्पिक स्थानको आवश्यकता परेको हो। सोहीअनुसार सिंहदरबारमा निर्माणाधीन भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार