काठमाडौँ । मौसम खुलेसँगै बाजुराको सदरमुकाम मार्तडी, बाजुराको दोस्रो ठुलो मुख्य व्यापारिक विन्दु कोल्टी लगायत आसपासका क्षेत्र मनमोहक देखिएका छन् । लगातारको मौसम बदली पश्चात् बाजुरामा आज मौसम पूर्ण रूपमा खुलेको छ ।
वर्षा र हिमपात पछि यहाँका उच्च लेकाली तथा हिमाली भूभाग हिउँको घुम्टोमा सजिएर सेताम्य बनेका छन् । सदरमुकाम मार्तडी आसपासको क्षेत्र मौसम खुलेपछि कञ्चन देखिएको छ । त्यस्तै पूर्वी उत्तरी भेगको कोल्टी क्षेत्र समेत सुन्दर देखिएको छ ।
सदरमुकाम मार्तडी बाजुराको प्रमुख व्यापारिक केन्द्र हो भने,कोल्टी बाजुरा जिल्लाको दोस्रो मुख्य व्यापारी केन्द्र हो । कोल्टी बाजुरा जिल्लाकै एक मात्रै विमानस्थल भएको ठाउँ समेत हो । मौसम खुलेपछि बाजुराको प्राकृतिक सौन्दर्ययता निकै सुन्दर देखिएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्