काठमाडौँ । इरानमाथि अमेरिका–इजरायल युद्धको १४ दिनमा ५० लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन भएको प्रतिवेदन सार्वजनिक भएको छ । कम कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका ८४ देशको कुल उत्सर्जनभन्दा यो धेरै हो ।
इरान युद्ध जलवायुका लागि विपत्ति बनेको ‘क्लाइमेट एन्ड कम्युनिटी इन्स्टिच्युट’ को प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती दैनिक पत्रिका गार्जियनले जनाएको छ ।
प्रतिवेदनअनुसार विमान, जहाज र अन्य सैन्य गाडीहरूले १४ दिनमा १५ करोडदेखि २७ करोड लिटरसम्म इन्धन खपत गरेका छन् । सैन्य उपकरणको क्षतिले पनि कार्बनडाइअक्साइड उत्सर्जन बढेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सबैभन्दा धेरै उत्सर्जन नागरिक पूर्वाधारमा भएको क्षतिबाट भएको हो । इरानको राहत तथा उद्धार एजेन्सी ‘रेड क्रिसेन्ट’ काअनुसार आक्रमणमा झन्डै २० हजार वटा भवन क्षतिग्रस्त भएका छन् ।
लडाकु विमान विमान, बमवर्षक विमान र नौसेनाका जहाजहरूले निरन्तर ऊर्जा खपत बढाइरहेका विज्ञहरूले बताएका छन् । इरानको राजधानी तेहरान र अन्य क्षेत्रहरूमा रहेका ऊर्जा केन्द्रहरू लक्षित आक्रमणहरूले पनि उत्सर्जन बढाउन योगदान पुर्याएका छन् । यी आक्रमणहरूमा २५ लाखदेखि ५९ लाख ब्यारेल तेल नष्ट भएका प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले ५० लाख ५५ हजार १६ टन कार्बनडाइअक्साइड उत्सर्जन भएको बताएको छ, यो कुवेत वा आइसल्यान्डजस्ता देशहरूको वार्षिक उत्सर्जन बराबर हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्