काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रिट दर्ता प्रक्रियामा रहेको बताए । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।
कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सीधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्